कांग्रेस महासमिति बैठक आज आजदेखि काठमाडौंमा सुरु

काठमाडौं, २९ मङ्सिर  – नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ । कांग्रेसको विधानअनुसार हरेक वर्ष हुनुपर्ने महासमिति बैठक ६ वर्षपछि शनिबार हुन लागेको हो । शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएको ३२ महिनापछि पहिलो पटक बैठक बस्न लागेको हो ।

पुस ३ सम्म चल्ने बैठकमा विधान संशोधन र अन्य चारवटा दस्तावेज माथि छलफल हुने छ । शनिबार ११ बजे रामशाहपथस्थित योगम्बर पार्टी प्यालेसमा पार्टी सभापति शेरबहादुर देउवाले महासमिति बैठकको उदघाटन गर्नेछन् । अढाई घण्टाको उद्घाटन शत्र सकिए लगत्तै लगातार पुस ३ गतेसम्म बन्दशत्र सञ्चालन हुनेछ ।

बन्दसत्रमा महामन्त्री एवं विधान मस्यौदा समितिका संयोजक पुर्णवहादुर खड्काले विधान संशोधनको प्रस्ताव राख्ने छन् भने अर्का महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक दस्तावेज प्रस्तुत गर्नै छन् ।

महासमिति बैठकमा उपसभापति विमलेन्द्र नीधिले राजनीतिक दस्तावेज र सह महामन्त्री डा. प्रकाशसरण महतले काग्रेसको समग्र आर्थिक नीतिबारे प्रतिवेदन पेश गर्ने छन् । पार्टीको आर्थिक प्रतिवेदन भने कोषध्यक्ष सितादेवी यादवले प्रस्तुत गर्ने छिन् ।

महासमिति बैठकमा १ हजार ६ सय ६० जना सहभागि हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । २४० निर्वाचन क्षेत्रबाट पाँच जनाको दरले १ हजार २ सय जना तथा भ्रातृ एवं शुभेच्छुक संघसंस्था र जनसम्पर्क समितिबाट ९७र९७ जना प्रतिनिधिहरु बैठकमा सहभागी हुनेछन् । महासमिति सदस्य नभएका २९ जना जिल्ला सभापति, २६ जना सांसद र सबै केन्द्रीय सदस्यहरुले पनि महासमिति बैठकमा भाग लिनेछन् ।

हरेक दिन अपराह्न ४ बजे पत्रकार सम्मेलन गरी महासमिति बैठकमा भएका छलफलबारे मिडिया सेन्टरमार्फत् जानकारी दिइने प्रवक्ता शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार