भण्डारीको नेतृत्वमा हिन्दू धर्मको पक्षमा हस्ताक्षर संकलन अभियान

काठमाडौं, १ पुस – नेपाली कांग्रेसको राजधानीमा जारी महासमिति बैठकमा हिन्दु धर्मको पक्षमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ । वैदिक सनातन हिन्दु राष्ट्र निर्माणका लागि नेपाली कांग्रेस महासमिति बैठक मार्फत हिन्दु राष्ट्रको एजेण्डाका लागि हस्ताक्षर संकलन अभियान सुरु गरिएको हो ।

सो अभियानको पहिलो नम्बरमा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले हस्ताक्षर गरेका छन् ।  केन्द्रीय सदस्य भण्डारीको नेतृत्वमा संकलन गरिएको सो हस्ताक्षर संकलन अभियानमा ६  सय २ जना महासमिति सदस्यले हस्ताक्षर गरिसकेका छन् ।

हस्ताक्षर संकलन अभियान जारी रहेको छ । संकलन गरिएको हस्ताक्षर पार्टी सभापति शेरबहादुर देउवालाई भोली बुझाउने कार्यक्रम रहेको छ । यसअघि केन्द्रीय सदस्य भण्डारीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने र त्यसको अगुवाई कांग्रेसले गर्नुपर्ने भन्दै केन्द्रीय कार्य समितिमा वकालत गर्दे आईरहेका थिए ।

मुलुकको अस्तित्व माथि नै प्रश्न चिन्ह खडा हुन थालेकोले आफूहरुले महासमिति बैठकमा हिन्दू धर्मको पक्षमा आवाज उठाएको केन्द्रीय सदस्य भण्डारीको भनाई रहेको छ । वहुसंख्यक हिन्दुहरुको बसोबास रहेको नेपाल विश्वमा हिन्दुत्वकै कारण परिचित रहेको हुँदा कुनै पनि हालतमा हिन्दुराष्ट्र बनाउनुपर्ने भण्डारीको भनाई रहेको छ ।

नेपाल राष्ट्रको अस्तित्व कायम हुनु हजारौं बर्ष अगाडि देखि यो भूमि हिन्दुहरुको भूमि भएको हुँदा विश्वका हिन्दुहरुको प्रमुख गन्तव्य बनाउनुपर्ने भण्डारीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार