नेपालमा १०० माथिका भारु प्रतिबन्धपछि पक्राउ पर्न थाले कारोबारी, भारती पैसा उठाउन थालियो

वीरगंज, – सरकारले नेपालमा १०० भारुमाथिका नोट नचलाउने घोषणा गरेसँगै ठूलो परिमाणमा भारु भारततर्फ फिर्ता पठाउन थालिएको छ।

विशेष गरी नेपालको भारतीय सीमा क्षेत्रका व्यवसायीहरुले ठूलो परिमाणमा भारु थन्काएर राखेको अनुमान गरिएको छ। पर्सा प्रहरीले एक भारतीय नागरिकसहित ५ लाख ६२ हजार भारुसहित नियन्त्रणमा लिएको छ।

पर्सा प्रहरीले कपडाको थैलीमा ५ सयको ११ सय २४ थान गडिसहित ५ लाख ६२ हजार भारु वीरगंजबाट रक्सौलतर्फ लाँदै गरेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालेको छ।

पक्राउ पर्नेमा बिहार पूर्वीचम्पारणका ओमप्रकाश साह छन्। प्रहरी स्रोतका अनुसार, नेपालमा ठूला दरका भारुमा प्रतिबन्ध लागेपछि थन्केर बसेका भारु भारततर्फ लैजाने क्रम बढेको छ। केही दिनअघि पनि वीरगंजबाट एक लाख ७० हजारसहित एक भारतीय नागरिक पक्राउ परेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार