भक्तपुर नगरपालिकका उपप्रमुखकाे घरमा चाेरी गर्ने ४ सहित ११ जना सार्वजनिक

भक्तपुर, ५ पुस  –  महानगरिय प्रहरी परिसर भक्तपुरले भक्तपुरका विभिन्न स्थानमा चोरी गर्ने ११ जनालाई सार्वजनिक गरेको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले हिजाे पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

प्रहरीले भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको घर समेत गरी ९ स्थानबाट सुन-चाँदीका गरगहना तथा नगद चोरी गर्ने ४ जनालाई सार्वजनिक गरेको छ । त्यस्तै मध्यपुर ठिमीस्थित हिम ईलेक्ट्रोनिक्सको स्टोरबाट टिभी चोरी गर्ने ७ जनालाई प्रक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

चोरी गर्ने गिरोहको साथबाट १९ लाख ५८ हजार ७ सय ५० नेपाली रुपैयाँ, २५ हजार ५ सय भारतीय रुपैयाँ नगदसहित ३ थान मोटरसाइकल, ५ थान मोवाइल, करिब साढे १६ तोला सुन, १ थानसुनको सिक्का र ४२ तोला चाँदी लगायतका सामान बरामद गरिएको महानगरिय प्रहरी परिषर भक्तपुरका प्रमुख हिमालय कुमार श्रेष्ठले बताए ।

प्रक्राउ पर्नेहरुमा सुन-चाँदीका गरगहना तथा नगद चोरी संलग्न भएका काभ्रे तिमाल गाउँपालिका वडा नं. ३ सरमथली स्थायी घर भई हाल काठमाडौं अत्तरखेल मेडिकल कलेज नजिक बस्ने २९ वर्षीय बिबेक भन्ने वाङदेन तामाङ, काभ्रे भुम्लु गाउपालिका वडा नं. ३ घर भई काठमाडाै‌ँ अत्तरखेल मेडिकल कलेज नजिक बस्ने २२ वर्षीय बिकाश भन्ने सुमन लामा, मोरङ केराबारी गाउँपालिका वडा नं. २ स्थायी घर भई हाल काठामाडाैँ चाबहिल बस्ने २३ वर्षीय सन्तोष बि.क. र भारतको महाराष्ट्र प्रदेश साङलीथाना तासगाँउ ग्राम पानमले बाडी घर भई हाल काठमाडौं ७ चाबहिल बस्ने २७ वर्षीय सचिन भन्ने बैभव बापुसो भोस रहेको प्रहरीले जनाएको छ । चोरीमा संलग्न अन्य ३ जना फरार रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी हिम ईलेक्ट्रोनिक्सको स्टोरका सामसुङ ५५ इञ्चको एलइडी टिभी २ थान, १ थान सामसुङ ४९ इञ्चको एलइडी टिभी, ६ थान सामसुङ ४३ इञ्चको एलइडी टिभी र ५ थान सामसुङ ३२ इञ्चको एलइडी टिभी काठमाडौंको थापागाउँबाट मंगलबार राति बरामद गरेको उनले जानकारी दिए ।

टिभी चोरी गरेको आरोपमा रामेछाप मन्थली नगरपालिका वडा नं. ४ घर भई हालबानेश्वर थापागाँउ बस्ने ३६ वर्षीय राजु काफ्ले, रामेछाप लिखु तामाकोशी गा.पा. १ घर भई हाल कटुञ्जे बस्ने २७ वर्षीय दिनेश पौडेल, दोलखातामाकोशी ६ घर भई हाल काठमाडौं काडाघारी बस्ने २१ वर्षीय शिबफुयाल, रामेछाप लिखु तामाकोशी २ घर भई हाल काठमाडौं अनामनगर बस्ने २५ वर्षीय नारायण दाहाल, भक्तपुर नगरपालिका वडा नं. ४ बस्ने २० वर्षीय सुजन जाकिबन्जार, भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ बस्ने २७ वर्षीय निरञ्जन लागेजु र हिम ईलेक्ट्रोनिक्समा गार्डमा कार्यरत भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ४ बस्ने ४० वर्षीय सुवाष थापा मगर रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार