दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाद्वारा राजीनामा

काठमाडौं, ११ पुस  –  नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । नियुक्तिको चौतर्फी विरोधपछि झाले आज राजीनामा दिएका हुन् ।

उनलाई गत भदौमा सररकाले तेस्रो कार्यकालको लागि प्राधिकरण अध्यक्षमा नियुक्ति गरेको हो । यसअघि मन्त्रिपरिषद्को असार २० को गते बैठकले अघिल्ला सरकारको राजनीतिक नियुक्ति रद्द गर्ने निर्णयसँगै झाले प्राधिकरण अध्यक्ष पद गुमाएका थिए ।

सरकारले पुन: उनलाई खुला प्रतिस्पर्धाबाट अध्यक्ष पदमा नियुक्त गरेको थियो । नेकपाको स्थायी कमिटीको बैठकमा पनि उनको नियुक्तिलाई लिएर व्यापक आलोचना भएपछि झाले आजै बिहान पत्रकार सम्मेलन गर्दै आफ्नो चरित्रहत्या भएको दाबी गरेका थिए ।

२०६९ मा प्राधिकरण अध्यक्ष नियुक्त भएका झाको कार्यकाल शेरबहादुर देउवा नेतृत्वको सरकारले थपेको थियो । केपी ओली नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै वैशाख दोस्रो साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनलाई अध्यक्षको रुपमा दैनिक कार्यसञ्चालनबाहेकका काम नगर्न निर्देशन दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार