वैठकमै खानेपानी मन्त्रीले यसो भनेपछि अब मेलम्ची खानेपानी आउन अनिश्चित

काठमाडौं, १३ पौष – खानेपानी मन्त्री बिना मगरले इटालीयन ठेकेदार कम्पनी सीएमसीको लापरबाहीका कारण मेलम्चीको खानेपानी काठमाडौं ल्याउने मिति सार्नुपरेको दाबी गर्नुभएको छ ।

सिंहदरवारमा आज बसेको विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी मन्त्री मगरले सीएमसीको लापरबाहीका कारण सरकारले मेलम्चीको खानेपानी काठमाडौं ल्याउने मिति सार्नु परेको बताउनु भएको हो ।  काठमाडौंमा दशैंमा मेलम्चीको पानी ल्याउने गरी आयोजनाको काम सम्पन्न गर्ने विषयमा ठेकेदार कम्पनीसँग लिखित सहमति भएको मन्त्री मगरले बताउनुभयो ।

आयोजना प्रभावित पार्न मेलम्ची विकास समिति, मन्त्रालय र मातहतका कर्मचारीले गर्ने कुनै पनि अवाञ्छित गतिविधि मान्य नहुने मन्त्री मगरले बताउनुभयो । बैठकमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको समयावधि लम्बिन नदिन सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो ।

ठेकेदार कम्पनी सीएमसीले आयोजनाको ठेक्का रद्द गरे सरकारसँग विकल्प रहेरनरहेको बारे स्पष्ट हुनुपर्ने नेता खनालले बताउनुभयो ।  बैठकमा समितिका अधिकांश सदस्यले मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधानका लागि सम्बन्धित मन्त्रालय र आयोजना विकास समितिलाई आग्रह गरेका थिए । – कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार