काठमाडौं, १४ पुस – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै आज विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएका छन्।
धर्ना पार्टीकी नेता रञ्जु दर्शनालगायतले निर्मला प्रकरणको दोषी चाँडो पत्ता लगाउन सरकारसँग माग गरे। न्याय मर्न नदिऔं, सत्य हार्न नदिऔं भन्ने नारा लेखिएको प्लेकार्ड प्रदर्शन गर्दै उपस्थित प्रर्दशनकारीले शान्ति सुरक्षाको प्रत्याभुति दिन प्रहरी प्रशासन र गृहमन्त्री असक्षम भएको दाबी गरे ।