बैक तथा बितिय क्षेत्र ब्यबस्थापन विषयमा टण्डनलाई त्रिविवि बाट बिद्यावारिधी (Ph.D.) उपाधी

काठमाडौं — कृषि बिकास बैंक लि.का शाखा प्रमुख सुरोज टण्डनले बिद्यावारिधी (Ph.D.) उपाधी सकेका छन् ।  नेपालको बैंकिङ्ग र वीमा क्षेत्रका कर्मचारीको आन्तरीक बजारीकरण, प्रतिवद्धता, यस क्षेत्रको विद्यमान अवस्था, कार्य सम्पादन विषयमा विद्यावारिधीको सोध गरेका हुन् । त्रिभुवन विश्वविद्यालय बाट ब्यबस्थापन सन्काय अन्तर्गत उनले बिद्यावारिधी पाएका हुन् ।

नेपालको कर्पेरेट क्षेत्र अन्तर्गत पर्ने बैंकिङ्ग र वीमा क्षेत्रको आन्तरीक बजारीकरण, कर्मचारी प्रतिवद्धता र उक्त क्षेत्रको विद्यमान अवस्था नेपालको अर्थतन्त्रलाई गतिशिल बनाउन कर्पेरेट क्षेत्रको महत्वपूर्ण योगदान रहेको हुन्छ । कर्पारेट क्षेत्र अन्तर्गत व्यापारिक क्षेत्र, उद्योग क्षेत्र, निर्माण क्षेत्र, सेवा लगायत वित्तीय क्षेत्र आदि पर्दछन् ।

वित्तीय क्षेत्रले कर्पेरेट क्षेत्रका साथै सम्पूर्ण अर्थतन्त्रलाई चलायमान बनाई कुल गाह्रस्थ उत्पादन, सन्तुलीत आर्थिक विकास, रोजगार, गरिबी न्यूनिकरण, राष्ट्रिय उत्पादन, उपभोग लगायतमा अहम् भूमिका खेलेको हुन्छ । तसर्थ अर्थव्यवस्थालाई क्रियाशिल बनाउनको लागि बैंकिङ्ग र वीमा क्षेत्रलाई आर्थिक पाङग्राको रुपमा चित्रण गरिन्छ ।

टण्डनले आफ्नो सोधमा नेपालको बैंकिङ्ग र वीमा क्षेत्रका कर्मचारीको आन्तरीक बजारीकरण, प्रतिवद्धता, यस क्षेत्रको विद्यमान अवस्था, कार्य सम्पादनसँग सम्बन्धीत रहनुका साथै यस क्षेत्रका कर्मचारी तथा व्यवस्थापकको धारणा समेतको अध्ययन तथा विश्लेषण गर्दै यसले वित्तीय क्षेत्रका साथै अर्थतन्त्रमा पार्ने प्रभावमा केन्द्रीत रहेर सोधको निष्कर्ष निकालेका छन् । साथै अनुसन्धानमा वित्तीय क्षेत्रका कर्मचारीहरुको कार्यसम्पादन बढाउन कुन विधि र प्रक्रियाको प्रयोग गर्दा प्रभावकारी हुन सक्छ भन्ने पक्षको समेत राम्रो विश्लेषण गरेका छन् ।

वित्तीय क्षेत्रको कर्मचारी भनेको लगानीकर्ता, ग्राहक, सेवा प्रवाहकर्ताका साथै सम्पत्ति पनि भएकोले समग्र संगठनात्मक सुधारको लागि सेवामा गुणस्तर र परिणाममा सुधार ल्याउन धेरै विद्धानहरुले आ—आफ्नो अवधारणा प्रस्तुत गरे पनि वास्तवमा आन्तरीक बजारीकरण भनेको व्यवसायिक कला तथा रणनीति हो, जसले एक संस्थाको मात्र नभै समग्र प्रणालीलाई गति प्रदान गरेको हुन्छ । तसर्थ एक संस्थाको व्यवस्थापकले कार्यरत कर्मचारीको उत्पादकत्व बढाउन पारिश्रमिक, पुरस्कार, तालिम, अवसर, आन्तरीक समन्वय, संचार र सहभागीता जस्ता पक्षहरुले कर्मचारी प्रतिवद्धतामा अभिबृद्धि गराउदै संस्थागत लक्ष्य तथा प्रगति हासिल गरी अर्थव्यवस्थामा सहयोग पुग्ने अनुसन्धानबाट देखिएको छ ।

नेपालमा यस प्रकारको अनुसन्धान पहिलो पटक गरिएको हुँदा यसको प्रभावकारीता समय सापेक्ष देखिन्छ । वास्तवमा आन्तरीक बजारीकरण सबै प्रकारका संस्थाहरुको लागि अति उपयोगी र यसका रणनीतिक औजारहरुले सम्बन्धीत संस्था र समग्र अर्थव्यवस्थामा सधै सकारात्मक प्रभाव पार्ने देखिएको छ ।

नेपालको वित्तीय क्षेत्र अन्तर्गत बैंकिङ्ग, वीमा, पुँजी बजार, गैर बैंकिङ्ग वित्तीय संस्था र सहकारी क्षेत्र पर्ने भएपनि बैंकिङ्ग र वीमा क्षेत्रको भूमिका अर्थव्यवस्थामा उल्लेख्य रहेको छ ।

अध्ययनको क्रममा कम्तीमा पाँच वर्ष सम्म सञ्चालन भएका १४ वाणिज्य बैंक र १६ वीमा कम्पनीहरु नमुना संस्थाको रुपमा छनोट गरी कुल ७०० प्रश्नावली उपलब्ध गराएकोमा ६५५ जना (८७.३३ प्रतिशत) ले आफ्नो धारणा प्रदान गर्नुका साथै विधि पूर्वक छनोट गरेका संस्थाहरुको वित्तीय प्रगतिको आधारमा अनुसन्धान केन्द्रीत रहेकोले अध्ययनको प्रभाव वित्तीय क्षेत्रका साथै समग्र अर्थव्यवस्थामा पर्ने स्पष्ट देखिन्छ ।

संकलीत तथ्यांकको विश्लेषण गर्ने क्रममा एसपिएसएस २३ को उच्च स्तरको प्रणालीबाट निकै शुक्ष्म रुपमा विभिन्न तरिकाले विश्लेषण गरिएको छ । यसैगरी अध्ययनलाई विश्वसनीय र पूर्णता प्रदान गर्न अन्तिम प्रश्नावली वितरण गर्नु भन्दा पहिले सफल नमुना परिक्षण विधिको प्रयोग गरिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार