चितवनमा आफ्नै बाबुबाट छोरी बलात्कृत, के छ सजाय ब्यवस्था ?

चितवन, १६ पुस – आफूलाई जन्म दिइ हुर्काउने अनि संसार चिनाउने बाबुबाटै चितवनमा एक छोरी बलात्कृत भएकी छिन् । झट्ट सुन्दा पत्यार नलाग्न सक्छ । आफ्नै बाबु जसले छोरीलाई संरक्षण र सुरक्षा दिनुपर्ने हो, उसैले आफ्नै छोरी भन्ने समेत हेक्का नराखी आफ्नु यौन इच्छा पुरा गर्न तल्लीन भएको खबर सोमबार सार्वजनिक भएको छ ।

घट्ना गत पुस १३ गते शुक्रबारको हो । पुर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ४० का आफ्नै बाबुले आफ्नै १७ बर्षीया छोरीलाई विगत ३ वर्षदेखि लगातार रूपमा बलात्कार गर्ने गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरका अनुसार पीडित किशोरीले आफुलाई आफ्नै बाबुले पटक पटक बलात्कार गर्ने गरेको भन्ने उजुरी एवं जाहेरी गत पुस १३ गते जिल्ला प्रहरी कार्यालयमा दिएपछि पीडकलाई सोही दिन प्रहरीले नियन्त्रणमा लिएको बताए ।

गत, २०७२ सालदेखि नै नियमित रूपमा करणी गर्दै आएको भन्ने बालिकाको जाहेरी यस कार्यालयमा परेपछि अनुसन्धानको लागि हामीले निजलाई पक्राउ गरेका हौं ।

एसपी राठौरले भने, बालिकाको स्वास्थ्य परीक्षणका लागि हामीले सोही दिन नै भरतपुर अस्पतालमा पठाएका छौँ । करणीबाट बालिका गर्भवती भई गत असारमा गर्भ समेत एक पटक पतन गराएको ती किशोरी बताउँछिन् ।

बलात्कार एवं करणी जस्तो गम्भीर घट्ना घटेको पाइए तत्कालै प्रहरीलाई सूचना दिएर सहयोग गर्न चितवनका प्रहरी प्रमुख एसपी राठौर सबैमा अनुरोध गर्दछ ।

साथै, उनलेे यस्तो घट्ना बिशेषत : आफ्न्त एवं नजीकस्तरका ब्यक्तिबाट हुने गरेको भन्दै करणी भए प्रतिकार गर्न र तत्कालै प्रहरीलाई सूचना दिएर सहयोग गर्न समेत सुझाव दिन्छन् ।

यसरी भयो बलात्कार !
पीडित किशोरीका अनुसार आफूलाई जन्म दिने आमा अर्कै पुरूषसँग हिँडेपछि म आफ्नु दाजु र बाबुसँग बस्दै आएको थिए ।

आमाले छाडेर अन्यत्र गएपछि बाबुले केही समयपछि कान्छी आमा भित्र्याएको थियो । कान्छी आमा आएपछि आफूमाथि कान्छी आमा समेतले नराम्रो दृष्टिकोणले हेर्ने गरेको उनी सुनाउँछिन् ।

उनका अनुसार पछि कान्छी आमा समेत वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएपछि आफूलाई बाबुले करणी प्रयास गर्न थाले ।

कान्छीआमा विदेशबाट आएपछि पनि बाबुले करणी गरी आफू गर्भवती भएको र त्यसपछि बाबु अनि कान्छीआमा दुबै मिलेर भरतपुरकै एक अस्पतालमा ल्याई ४ महिनाको गर्भ पतन गराएको उनले बताइन् ।

यसरी भयो सार्वजनिक !
बाबु, कान्छीआमा र पीडित किशोरीबीच उनको लालनपालन र भविष्यको विषयलाई लिएर झगडा हुन थाल्छ । पछि झगडाले उग्ररूप लिएपछि पीडित किशोरी गएको मंसिरबाट ठूलो बुबाको घरमा गई बस्न थाल्छिन् ।

ठूलो बुबा कहाँ गएर बस्दा पनि बुबा र कान्छीआमाको झगडा हुने क्रम अन्त्य हुँदैन । झगडाकै क्रममा रिसले आगो बनेकी कान्छीआमाले आफ्नो लोग्ने अर्थात् किशोरीको बुबासँग भएको घटनाबारे सबैसामु सुनाउँछन् ।

घट्नाबारे नातागोता सबै दंग पर्छन् । त्यसपछि आफन्तकै सहयोगमा न्यायका लागि भन्दै ती किशोरी चितवन प्रहरीको शरणमा गत पौष १३ गते शुक्रबार आईपुग्छन् ।

प्रहरी कार्यालय आएका उनलेे घट्नाबारे प्रहरीलाई सबै सुनाउँछिन् । उनको जाहेरी पछि प्रहरीले आरोपी बाबुलाई नियन्त्रणमा लिएर कार्वाही प्रक्रियालाई अगाडि बढाउँछन् ।

सजाय के छ ?
कसैले कुनै महिलाको सहमतिबिना यौनजन्य गतिविधि गरेको खण्डमा, सहमति लिएर पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई यौनशोषण गरेमा त्यसलाई बलात्कार मानिन्छ ।

यस्तो अवस्थामा मुलुकी संहिता ऐनले बलात्कार गर्नेलाई जन्मकैदको सजाय सुनाएको छ । बालिका, पूर्ण अशक्त, अपांगता भएका र वृद्धालाई बलात्कार गर्नेलाई जन्मकैदको सजाय हुन्छ ।

यसअघि यस्तो अपराध गरेमा मुलुकी अपराध संहिताको दफा २१९ को ३ ‘क’ मा दश वर्ष भन्दा कम उमेरकी बालिकालाई बलात्कार गरे सोह्र वर्षदेखि २० वर्षसम्म सजाय हुने व्यवस्था थियो ।

सो व्यवस्था संशोधन गरिएको हो । ‘विधेयकमा १० वर्ष भन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांगता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिलालाई बलात्कार गरे जन्म कैद हुने’ व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार