काठमाडौं, १९ पौष – कर्मचारी समायोजनका विषयमा सरकार र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनबीच नौबुँदे सहमति भएको छ । स्थानीय तहमा समायोजन भएर जाने सबै तहका कर्मचारीलाई तत तत सेवामा बढुवा नपाएसम्म केन्द्रमा बढुवाको अवसर दिने सहमति भएका छ । सरकारले कर्मचारी अध्यादेश ल्याएपछि देशभर कर्मचारी आन्दोलित भएका थिए ।
समायोजनलाई सहज र वृत्ति विकासलगायतलाई व्यवस्थित बनाउन समायोजनमा जानेको सेवा, शर्त र सुविधाको सुरक्षा निजामती ऐन २०४९ अनुसार सुनिश्चित गर्ने, प्रदेश वा स्तानीय तहमा जानेलाई साविकको स्तर र जेष्ठतामा असर नपर्ने गरी कानुन बनाउने सहमति भएको छ । – राजधानी दैनिक