https://www.saurabhgroup.com/

कांग्रेस संसदीय दलको कार्यसमितिमा चारजना सदस्य मनोनीत

काठमाडौँ, १९ पाैष — नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी संसदीय दलको कार्यसमितिमा चारजना सदस्य बुधबार मनोनीत गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलको सचिवालयका अनुसार सभापति देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४०) को धारा १० को उपधारा २ (ग) बमोजिम उमेश श्रेष्ठ (ललितपुर), डा. डिला सङ्ग्रौला पन्त (मोरङ), देवप्रसाद तिमिल्सिना (रौतहट) र पार्वता डिसी चौधरी (दाङ) लाई कांग्रेस संसदीय दलको कार्यसमिति सदस्य पदमा मनोनीत गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार