रेशम चौधरीले लिए सांसदको सपथ, शपथपछि सांसद चौधरीलाई जेल लगियो

काठमाडौं, १९ पाैष – टीकापुर घटनाका आरोपी कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीले सांसदका रुपमा सपथग्रहण गरेका छन् । बिहिबार दिउँसो ३ बजे सिंहदरबारस्थित कृषि समितिको बैठक हलमा सभामुख कृष्णबहादुर महराले चौधरीलाई सपथग्रहण गगराएका हुन् ।

उनले थारु भाषामा शपथ लिएका छन् भने सपथकामा उनकी श्रीमती रञ्जिता श्रेष्ठ र छोराको समेतउपस्थित थियो। शपथपछि सभामुख महराले उनलाई माला लगाइदिए भने राजपाका नेताहरुले खादा लगाइदिएका थिए।

बिहीबार बिहान साढे ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको भए पनि चौधरी आउन ढिला हुने र संसद् मध्यान्ह बस्ने भएछि ३ बजेलाई शपथ कार्यक्रम सारिएको थियो।

शपथपछि सांसद चौधरीलाई जेल लगियो

सांसद रेशम चौधरीलाई शपथपछी कारागार लगिएको छ । निर्वाचित भएको एक वर्षपछि आज शपथ ग्रहण गरेका चौधरीलाई सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ खुवाएपछि पुनः जेल चलान गरिएको हो ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त चौधरी जेलमै थिए । उनलाई शपथका लागि आजै जेलबाट सिंहदरबार ल्याइएको थियो । सिंंहदरबारस्थित संसद् सचिवालयमा सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।

टीकापुर घटनामा सात सुरक्षाकर्मीसहित एक नाबालकको ज्यान गएको थियो ।घटनापछि फरार रहँदै आएका चौधरीले गत फागुन १४ गते कैलाली जिल्ला अदालतसमक्ष आत्मसमर्पण गरेका थिए । त्यसपछि उनलाई पूर्पक्षका लागि कैलालीको धनगढी कारागारमा राखिएको थियो । पछि अदालतमै अनसन बसेपछि उनलाई काठमाडौं ल्याएर कारागारमा राखिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार