https://www.saurabhgroup.com/

आइएमईकाे २० लाख मलेशियाबाट आइएमई गर्ने धिरेन्द्रकुमार झागडले जिते

काठमाडौं, २४ पुस —  विजयादशामी, दीपावली र छठलाई लक्षित गर्दै आइएमईले ल्याएको सेवाग्राहीमूखि प्रवर्द्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत  बम्पर भाग्यशाली विजेता घोषणा गरेको छ । मलेशियाबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही धिरेन्द्रकुमार झागड सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट भाग्यशाली विजेता घोषित भए ।

सेवाग्राही झागडले नगद वीस लाख प्राप्त गर्नेछन्  ।  आइएमई ग्रुपका अध्यक्ष चन्द प्रसाद ढकालको अध्यक्षतामा आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा आयोजित भाग्यशाली विजेता छनोट कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, ब्राण्ड  एम्बासडरद्वय दीपकराज गिरि र दीपा श्री निरौला लगायत विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आम सेवाग्राहीको निरन्तर विश्वासले नै आइएमईलाई एउटा भरपर्दो ब्राण्डको रुपमा स्थापित गराएको स्मरण गर्दै आइएमई पे मार्फत हरेक प्रकारका भुक्तानी सेवा उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरे ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीमुखि ‘दशैँमा वीस लाख’ योजना अवधिका करिव तीन महिनामा लक्ष्य अनुरुपको ब्यापार अभिवृद्वि भएको बताउँदै यस्ता पर्व लक्षित कार्यक्रमले आम सेवाग्राही र कम्पनीवीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार