२१ वर्षीय नेपाली युवा अष्ट्रेलियाको नदीमा बेपत्ता

काठमाडौं- अष्ट्रेलियामा बस्दैआएका लमजुङका २१ वर्षीय विगुल पण्डित अष्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरिया राज्यको सीमामा पर्ने एउटा नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् ।

लमजुङ सुन्दरबजार–२१ स्थायी घर भएका पण्डित अल्वरीस्थित मुर्रे नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको परिवारका सदस्यले बताएका छन् । बुधबार साँझ साथीभाइसँग पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए ।

साथीभाइसँग पानी छ्यापाछ्याप र फुटबल खेल्दाखेल्दै उनी नदीमा बेपत्ता भएको प्रत्यक्षदर्शीको हवाला दिँदै परिवारले जनाएको छ ।घटना लगत्तै प्रहरी र स्वयंसेवकले खोजी तिब्र बनाए पनि नदीको पानी धमिलो भएकाले खोजी कार्य प्रभावित भएको बताइएको छ ।

तिहारलगत्तै लमजुङ आएर एक महिनाअघि मात्रै अष्ट्रेलिया फर्केका पण्डित चाल्स स्टर्ट विश्वविद्यालयमा अध्ययनरत थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार