हवाई इन्धनको मुल्य घटेपछि आन्तरिक हवाई भाडा घटाइयो

काठमाडौं, २८ पुस – नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मुल्य घटाएपछि आन्तरिक हवाई भाडादर पनि घटेको छ ।नेपाल वायुसेवा सन्चालक संघले आइतबारदेखि लागू हुनेगरी आन्तरिकतर्फको भाडा घटाएको हो ।

निगमले आइतबारदेखि लागू हुनेगरी आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले घटाएर प्रतिलिटर ९४ रुपैयाँ कायम गरेको थियो । आन्तरिकतर्फको उडानमा न्यूनतम् ७० देखि अधिकतम् ३४० रुपैयाँसम्म भाडा घटाएको संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार