गोली चलाएर प्रहरीले लियो हत्या आरोपीलाई नियन्त्रणमा

काठमाडौं२ माघ — प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ गर्ने क्रममा बाँकेको कोहलपुर एरियामा गोली चलाएर हत्या आरोपीलाई नियन्त्रणमा लिइएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका स्थायी घर भएका युवराज गिरीलाई प्रहरीले खुट्टामा गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पुस २६ गते प्रहरी सहायक निरीक्षक (असई) पदमा भर्ना हुन आएका सुर्खेतका दीपकसिंह ठकुरीको कोहलपुरमा विभत्स हत्या भएको थियो । घटनामा संलग्न भरत शाहीलाई प्रहरीले केहीदिन अघि सुर्खेतबाट पक्राउ गरिसकेको थियो ।

शाहीबाट गिरीको संलग्नता खुलेपछि प्रहरीले उनको खोजीलाई तीब्र बनाएको थियो । त्यसक्रममा इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीसँग उनको बर्दियामा जम्काभेट भएको थियो । भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।

थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार