काठमाडौं, २ माघ – गोंगबुको पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट हुदा एकजनाको मृत्यु भएको छ भने चार जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा नुवाकोटको बेलकोटका काजी तामाङ रहेका छन् ।
बुधबार विहान ग्यास विष्फोट हुँदा गम्भीर घाइते भएका उनीसहित ५ जनालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । उनीहरु मध्ये तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंका अनुसार सिलिन्डरको बर्नर विग्रिएको एक सिलिन्डरको मर्मत गर्ने क्रममा एक्कासि आगलागी भएको थियो । यद्यपि, कसरी विष्फोट भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।