तीन तलाको अनुमति लिएर १० तलाको भवनः उपराष्ट्रपतिद्वारा उद्घाटन, महानगरद्वारा बहिष्कार

कास्की, ३ माघ – मापदण्डविपरीत पोखरामा बनेको भवनमा सुरु भएको होटेलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । महानगरपालिकाको मापदण्डविपरीत पोखरा–१० बुद्धचोकमा बनेको सो भवनमा सञ्चालित होटेल टास्क इन्टरनेसनलको उपराष्ट्रपतिले बुधबार उद्घाटन गरेका हुन् ।

कार्यक्रममा वोल्दै उपराष्ट्रपति पुनले छरिएर रहेको पुंजीलाई सहि ढंगले परिचालन गर्न सके देशको आर्थिक विकास र समृद्धिमा सहयोग पुग्ने बताए । उनले पर्यटन, कृषि, जलबिद्युत र जडिवुटि नेपालको आर्थिक विकासको मुख्य चार आधार रहेको उल्लेख गरे ।

उनले भने“ नेपालमा पर्यटनको संरचना निकै थोरै सङख्यामा रहेको छ, होटल टाक्स जस्ता ठुला ठुला होटल, तारे होटलहरु निमार्ण हुनुपर्छ । ” नेपालको कृषिलाई औधोगिककरण र मेसिनिकरण गर्दै छरिएर रहेको पुजीलाई सहि ढंगले परिचालन गर्न सक्ने दक्ष जनशक्ति मार्फक लगानी गर्नुपर्नेमा उनको जोड थियो ।

क्षमतालाई मेसिनरी मार्फत उद्योग धन्दा तथा व्यवसायमा प्रयोग गर्दा त्यसबाट धेरै फाईदा लिन सकिने उपराष्ट्रपति पुनले बताए । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले होटल तथा पर्यटन व्यवसायीहरुले मुनाफा भन्दा पहिला पर्यटकहरु पुन आउने गरी गुणस्तरिय सेवा दिनुपर्नेमा जोड दिए ।

उनले फेवाताल नजिक मात्र होटल वन्नु पर्छ भन्ने मान्यतालाई होटल टाक्ले फरक ढंगले प्रस्तुत गरेको जनाए । यस्ता ठुला होटल प्रदेशमा आवश्यक भएको बताउदै उनले गुणस्तरिय पर्यटकहरु भित्राउन सबैले पहल गर्नुपर्नेमा जोड दिए ।

साढे तीनतले भवन निर्माणका लागि पोखरा महानगरपालिकाबाट अनुमति लिए पनि घरधनी मीन गुरुङले १० तलाको बनाएका छन् । सो अवसरमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ पनि सहभागी थिए । भवन उद्घाटनमा सहभागी हुन मेयर मानबहादुर जिसीसहित पदाधिकारीलाई निमन्त्रणा गरिए पनि मापदण्डविपरीबनेको संरचनामा सञ्चालित होटेल भन्दै महानगरको तर्फबाट कोही पनि उपस्थित भएनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार