https://subisu.net.np/payment-partners

परदेशिएको छोरो र ब्रम्हनाल

  प्रियरंजन दाहाल

छोरा परदेशिदा बाबु तुरुक्क आँशु झार्छ
स्वदेश बस्ने सपनालाइ छोरा अध्यागमनको पत्र संगै मार्छ
परदेशिएको ठिटो, बुढो भएर फर्किने हो कि
जवानीमै लास भएर बाकसमा आउने हो
तर सरकारले आफ्नो तथ्यांकमा भने
पक्कै अर्को एउटा रोजगार युवा पाउने भो ||

कोहि लाहुरे सेनामा बिदेशीको लागि बन्दुक समाउछन
कोही आतै सुकाउने मरुभूमिमा पसिना बगाउछन
सरकार रेमिट्यान्सको पैसामा भ्रष्टाचार गर्न भ्याउँछ
बिपक्षी कमिशनको लोभमा आँखा लोभ्याउँछ ||

नागरिकका लागि श्रमको प्रत्येक पसिनामा
आमाको आशा ,श्रीमतीको भरोसा र सन्तानको भविष्य लेखिएको हुन्छ
श्रमिकको सांसमा ,फर्किएर आउने लासमा राजनीति गर्नेहरु हो
नबिर्स एकदिन ब्रम्हनालमा सुत्नुपर्ने प्रारब्ध राजा देखि रंकसम्म सबैको लेखिएको हुन्छ ||

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार