https://www.saurabhgroup.com/

श्रीमानले काँग्रेस छोड्दा अन्य सबै परिवार रुष्ट,छिटाे भन्दा छिटाे काँग्रेसमा फर्कन आग्रह

नेपाली कांग्रेस चितवनका पूर्व का.वा. सभापति एवम् पूर्वसांसद तिर्थराज भुसाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेको प्रति परिवार र आफन्तले असन्तुष्टि जनाएका छन् । भुसाल यही माघ ५ गते नेकपामा प्रवेश गरेका थिए ।

भुसालकी श्रीमती शर्मादेवी भुसाल, भाइ शंकर भुसाल, छोरा देवराज भुसाल र विवेक भुसालसहित दिदि, भतिज, भान्जी, नातिलगायतले संयुक्त विज्ञप्ति जारी गर्दै तिर्थराजको नेकपा प्रवेशले आश्चर्यमा परेको जनाएका छन् । लामो समय कांग्रेसको राजनीति गरेका भुसाल एक्कासी नेकपामा प्रवेश गर्नुलाई उनीहरुले राजनीतिक वेइमानी भनेका छन् ।

कांग्रेसको उच्च मुल्याङ्कनलाई बिर्सिएर पार्टी परिर्वतन गर्नु निस्ठा र इमानको राजनीतिको पहिचान बनाएका परिवारजनमाथि विश्वासघात भएको विज्ञप्तिमा उल्लेख छ । परिवारजनले उनलाई निर्णय सच्चाएर कांग्रेसमा फर्कन पनि समेत आग्रह गरेका छन् ।

उनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेतापनि उनिसगै काेहि परिवार लगाएत कार्यकर्ता उनकाे पक्षमा नगएपछी उनि एक्ला भएका छन् । यता नेपाली कांग्रेस चितवनले कार्वाही गर्ने जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार