उग्रचण्डी  साईवरबाट नक्कली सर्टीफिकेट, नक्कली नागरिकता सहित पक्राउ

काठमाडौं, ७ माघ – राजधानी काठमाडौंमै बन्छन् मुलुक भरका सरकारी कागजात, प्रमाण पत्र र नागरिकताहरु भन्दा तपाई छक्क पर्नुहोला ? छक्क नपर्नुहोस् । पछिल्लो पटक यस्तै धन्देवाला पक्राउ परेकाछन् ।

काठमाडौंको तारकेश्वर ११ मनमैजु ईलाकामा रहेको उग्रचण्डी साईवरद्दारा नक्कली डकुमेन्टहरु वनाउछ भन्ने विशेष सुचनाको आदारमा महानगरीय प्रहरी परिसर काठमाडौवाट तत्काल विशेष टोली परिचालन गरिमा चेकजाँच गर्दा जिल्ला काभ्रे घर भई हाल काठमाडौं जिल्ला तारकेश्वर  वस्ने विपुन श्रेष्ठले  सक्कली सर्टिफिकेट सवारी अनुमति पत्र, नागरीकता लगायतमा रहेको नाम हटाई नक्कली नाम राखी विभिन्न प्रयोजनका लागी उपलव्ध गराउने धन्दामा पक्राउ परिएको हो ।

उग्रचण्डी  साईवरबाट नक्कली सर्टीफिकेट लगायतका नक्कली डकुमेन्ट वनाउन प्रयोग हुने ल्यापटप, फोटोकपी प्रिन्टर, पेनड्राईभ र  तयारी अवस्थामा रहेको नक्कली डकुमेन्टहरुवरामद गरि महानगरीय प्रहरी परिसर काठमाडौंवाट लिखत किर्तेमा अनुसन्धान गरि कारवाही अगाडी वढाईएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार