डा. केसीको पक्षमा प्रदर्शनमा उत्रिएका नेविसंघका दर्जनाै नेता कार्यकर्ता पक्राउ

काठमाडौं, ११ माघ – शुक्रबार संसदमा काँग्रेसको विरोधका बाबजुत सत्तापक्षले चिकित्सा शिक्षा विधेयक पारित गरेकाे विराेधमा  उत्रिएका दर्जनाै नेविसंघका नेता कार्यकर्ताहरुलाइ पुरानो वानेश्वरमा बाट पक्राउ गरी  नेपाल पुलिस क्लव तथा महानगरीय प्रहरी बृत्त गौशालामा राखिएको छ ।

प्रहरीले मन्त्रीको गाडीमा तोडफोड गरेको आरोपमा नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्ले, नेविसंघका नेता दुजाङ शेर्पा, तपेन खड्का, हरि आचार्य, ठाकुर पन्थी लगायतलाइ पक्राउ गरेकाे छ ।

यसैगरी पक्राउ पर्नेमा  सरोज तिमल्सिना, जीवन ओझा, शाही पोखरेल, खड्क बहादुर शाही, तपेन्द्र बुढा, गणेश टन्डन, राकेश शिवाकोटी, भोजराज भण्डारी, रविन्द्र रोकाय र विष्णुहरि खड्का सहित  दर्जनाै बढी कार्यकर्ताहरु पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी बृत्त गौशालामा राखिएको विद्याथी नेता ऋषिकेश शाहले जानकारी दिए ।

यसरी पक्राउ पर्ने अन्यनेताहरुमा नेविसंघका नवराज त्रिपाठी, योगेन्द्र रावल, नारायण घिमिरे, सुनील शर्मा, पर्वत खड्का, पावेल बज्राचार्य, चेतराज धिताल, कविराज बस्नेत लगायतका नेताहरु पक्राउ परेको नेविसंघले जनाएको छ ।

नेविसंघका नेतहरुसँगै विवेकशील नेपाली दलका उज्वल थापा, शशिविक्रम कार्की,अजिता राई,डा दिनेश प्रसाईं,अम्बिका कार्की, सुजन श्रेष्ठ, रामजी पन्त, मिलन पाण्डे, सोनम थिमी लगायत समेत पक्राउ परेका छन् ।

शुक्रबार दिउँसो साढे १२ बजे अनसनरत डा. गोविन्द केसीको समर्थनमा स्वतन्त्र नागरिकको प्रदर्शनमा नेपाल विद्यार्थी संघले पनि साथ दिएको थियो । सोही प्रदर्शनबाट झण्डै दुई दर्जनभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेकोमा नेविसंघका पनि दर्शनाै बढी कार्यकर्ताहरु पक्राउ परेको नेविसंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार