प्रधानमन्त्री ओलीलाई एयरपोर्टमा कालोझण्डा देखाउने नेविसंघका विद्यार्थी नेताहरु पक्राउ

काठमाडौं, १२ माघ – स्वीटजरल्याण्डको भ्रमणबाट स्वदेश र्फकने क्रममा शनिबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई   कालोझण्ड देखाउने नेविसंघका विद्यार्थी नेताहरु पक्राउ परेका छन्।

स्वास्थ्य शिक्षा विधेयक स्वास्थ्य माफियाको चलखेलामा पास गराउन निर्देश दिइ अनशनरत गोविन्द केसीको मागको अवमूल्य गरेको र प्रतिपक्षी कांग्रेसले गरेको आग्रह र विरोधलाई नजरअन्दाज गरेको भन्दै उनीहरुले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन्।

एयरपोर्टकै अति संवेदनशिल क्षेत्रमै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने नेविसंघका नेताहरु शुसिल भट्ट, निरञ्जन थापा, सुवास घिमिरे र सुदिप अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार