डा. गोविन्द केसीको माग जनताको माग हो – सुशीला कार्की

काठमाडौँ,  – पुर्व प्रधान्यायधीश सुशीला कार्कीले डा. गोविन्द केसीको माग पुरा हुनुपर्ने बताउनु भएको छ । अनसनरत् डा‍. गोविन्द केसीलाई भेट्न अस्ताल पुग्नु भएको कार्कीले डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिनुभएको छ ।

कार्कीले डा. केसीको अनशनप्रति यसअघि सरकारले चासो नदिएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । केसीमा माग पूरा हुँदा कसैले पनि हारको महसुस गर्नु नपर्ने उहाँको भनाई रहेको छ । कार्कीले केसीको माग जनताको माग भएका कारण पनि पूरा गर्नुपर्ने बताउनुभयो ।

‘प्रधानमन्त्रीले तपाईंका माग पूरा भयो भनेर वचनवद्धता र सम्झौता गर्नु भएको छ’, उहाँले भन्नुभयो , ‘सबैका मनमा उहाँको माग पूरा हुनुपर्छ भन्ने छ। उहाँले केसीका माग पूरा हुँदा राष्ट्रको विजय हुने भनाइ रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार