चलचित्र विकास वोर्डकी अध्यक्ष निकिता पौडेलद्वारा राजीनामा

काठमाडौं, २२ माघ  – चलचित्र विकास वोर्डकी अक्ष्यक्ष निकिता पौडेलले अध्यक्ष पदबाट राजीनामा दिएकी छन् । पौडेलले बुधबारबाट लागु हुनेगरी राजीनामा दिएकी हुन् ।

उनले आफ्नो १४ महिने कार्यकालमा काम गर्नका लागि पर्याप्त नभएपनि दीर्घकालीन उपलब्धिका ढोकाहरु खुलाउने प्रयास गरेको विज्ञप्तिमार्फत् जनाएकी छन् । उनको कार्यकालमा पहिलो पटक बक्स अफिस प्रणाली सुरुआत भएको थियो । उनी २०७४ मंसिर २५ गते बोर्डको अध्यक्षमा नियुक्ति भएकी थिइन् ।

उनले ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनेर यस्तो निर्णय गरेको बताएकी छन्। उनी २०७४ मङ्सिर २५ गते खुला प्रतिस्पर्धाबाट बोर्डको अध्यक्षमा नियुक्ति भएकी थिइन्। नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक बक्स अफिस प्रणालीको शुरूवात गर्ने अवसर आफुलाई प्राप्त भएको उनले बताएकी छन्।

आफ्नो तीन महिनाको तलब उनका श्रीमान् रवी लामिछानेको संयोजकत्वमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताललाई दिएको समेत विज्ञप्तिमा भनेकी छन्। उनले आफ्नो अधिकतम समय दुर्गम कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालकालागि समर्पित गर्ने समेत बताएकी छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार