भारतीय सुरक्षाबल कारबाहीमा कम्तीमा दश माओवादी लडाकू मारिए, दोहोरो भिडन्त जारी

याँ दिल्ली, २४ माघ – भारतकाे छत्तिसगढ राज्यमा बिहीबार भारतीय सरकार सुरक्षा बल र भारतीय माओवादीबीच भएको दोहोरो भिडन्तमा परी कम्तीमा दश माओवादी लडाकू मारिएका छन् ।

छत्तिसगढको प्रान्तीय राजधानी रायपुरबाट ३६५ किलोमिटर ढाटा रहेको भैरामगढमा सो भिडन्त भएको थियो । भारतीय विशेष सुरक्षाबलले यस इलाकामा माओवादी लडाकू मुक्त क्षेत्र बनाउनको लागि जारी राखेको कारबाहीको क्रममा सो झडप भएको बताइएको छ ।

झडपको क्रममा १० शव र दश ओटा राइफल फेला परेको र अझै पनि सुरक्षा कारबाही जारी रहेको सरकारी अधिकारीहरु जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार