अचानक प्रहरीले बोकेको सर्टगन पड्किएर पत्रकार घाइते

भद्रपुर- ड्युटीमा रहेका प्रहरीले बोकेको सर्टगनको छर्रा लागेर पत्रकार सुनिरा मैनाली घाइते भएकी छन् । गृहमन्त्री रामबहादुर थापा बुधबार झापा आउँदै गर्दा सडक गस्तीमा रहेका प्रहरी जवान लक्ष्मण शेर्पाले बोकेको सर्टगन अचानक पड्किएर लागेको छर्राले उनि घाइते भएकी हुन् ।

लक्ष्मीपुर चोकमा लगभग ३ सय मिटर टाढा रहेकी मैनालीलाई खुट्टामा गोलीको छर्रा लागेको थियो । छर्रा लागेपछि लडेकी मैनालीलाई बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार