रिपोर्टर्स क्लवद्वारा प्रेस काउन्सीलका सदस्यहरुलाइ स्वागत तथा सम्मान

बुटवल, २ फागुन – रिपोर्टर्स क्लव प्रदेश ५ कार्यालय बुटवलले प्रेस काउन्सीलका सदस्यहरुलाइ स्वागत तथा सम्मान गरेको छ । क्लवमा एक कार्यक्रम गरि नेपाल प्रेस काउन्सीलका सदस्य गोबिन्द प्रसाद चौलागाइ, अर्का सदस्य इश्वरी ओझा ,पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शान्तराम बिडारी लगायतलाइ सम्मान तथा स्वागत गरिएको हो ।
सो अबसरमा बोल्ने बक्ताहरुले पत्रकारितालाइ मर्यादित र प्रमाणमुखी बनाउनुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै प्रेस काउन्सीलका सदस्य इश्वरी ओझाले रिपोर्टर्स क्लव र काउन्सीलको सम्बन्ध बलियो भएको भन्दै सहकार्य गरेरै अघि बढ्ने प्रतिबद्धता जनाए । उनले क्रियाशिलताकै कारण क्लव उचाइमा पुगेको उल्लेख गरे ।
अर्का सदस्य गोबिन्द प्रसाद चौलागाइ, पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शान्तराम बिडारी, राससका पूर्व अध्यक्ष बरिष्ठ पत्रकार बालकृष्ण चापागाइले मोफसलको पत्रकारिताको उच्च प्रशंसा गरेका थिए ।
क्लवका प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रदेश सदस्य कपिल ज्ञवालीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार