सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युकेवाट सुरु

काठमाडौं, ८ फागुन – सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युके बाट पनि सुरु भएको छ । यो सेवा सुरु भए लगत्तै युके बाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ७००० भन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सकिने या कुनै पनि बै‌कको खातामा रकम जम्मा गर्न सकिने भएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर, युके बाट भालापे मोबाईल एप् र ईन्टरनेट बैंकिङ् मार्फत पनि सहज तरिकाले कारोबार गर्न सकिने छ । हस्ताक्षर समारोहमा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिटी एक्सप्रेस मनी ट्रान्सफर,युके को तर्फबाट प्रबन्ध निर्देशक करम बहादुर गुरुङ्गले हस्ताक्षर गर्नुभएको थियो ।

सिटी एक्सप्रेस नेपालले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १२ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार