भारतबाट उद्दार गरिएका १ सय ७९ नेपालीलाई काठमाडौं ल्याइयो

काठमाडौं, ९ फागुन— नेपाली नागरिकलाई भारतको मणिपुर हुँदै बर्मा तथा बर्माबाट अवैध तवरले अन्य देशतर्फ बैदेशिक रोजगार तथा बेचबिखन गर्न लगीएका १ सय ७९ नेपालीको उद्धार गरिएको छ ।

उनीहरुको गत माघ २३ गते उद्दार गरी नेपाल प्रहरीले मंगलबार झापाको काकडभिट्टा नाका हुँदै आज (बुधबार) काठमाडौं ल्याएको हो ।नेपालबाट भारत मणिपुरको विभिन्न स्थानमा पुगेका ३२ पुरुष र १ सय ४७ महिलालाई उद्दार गरी नेपाल ल्याइएको छ ।

भारत सरकार तथा स्थानीय संघसंस्था,  दिल्लीस्थित नेपाली राजदुताबासको सहकार्यमा, नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, माईती नेपाल, साथी, पौरखि नेपाल, AMKAS,  शक्ती समूह लगायतका संघ संस्थाहरुले आवश्यक सहयोग गर्नुका साथै अस्थायीरुपमा खाने बस्ने सुबिधा समेत प्रदान गरेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार