काठमान्डौ, ११ फागुन – ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा विष्फोट हुँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।बिष्फोटमा घाइते सिंहप्रताप गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । श्रेष्ठलाई सुरुमा अल्का अस्पतालमा उपचार गरिए पनि पछि मेडिसिटी लगिएको थियो ।
शुक्रबार राति बम बिष्फोट हुँदा श्रेष्ठसहित प्रतिक्षा खड्का र अनुषा डंगोल घाइते भएका थिए । प्रतिक्षा र अनुषाको उपचार जारी छ । उनीहरुमध्ये एकजनाको अवस्था गम्भीर छ ।
पोखरा महानगरपालिका-२७ चन्द्रकालिका डाडाको नाकस्थित एनसेलको टावरमा आगजनी गरिएको छ। शुक्रबार राति करीब १० बजेको समयमा आगजनी भएको प्रहरी कार्याल सिस्वाका डिएसपी मोहनबहादुर खाँडले जानकारी दिए।उनका अनुसार टावर डाडाँमा रहेकाले दम्कमल आउँदा आउँदै टावर जलेर ध्वस्त भएको छ।
आगो कसरी लाग्यो भन्ने अहिलेसम्म खुल्न नसकेको उनले बताए। यसका साथै डिएसपी मोहनबहादुरको नेतृत्वमा सत्यतथ्य बुझ्न टोली त्यसतर्फ प्रस्थान गरेको छ।
एनसेलको टावर जलेसँगै लेखनाथ क्षेत्रमा विद्युत र इन्टरनेटको लाइन काटिएको छ।यता राजधानीको कमलपोखरीमा भेटिएको शंकास्पद वस्तु बम भएको पुष्टि भएको छ।नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निस्कृय बनाएको छ।ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअघि विस्फोट भएलगत्तै कमलपोखरीमा झोलामा प्रेसर कुकर राखिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको थियो।
लगत्तै डिस्पोजल टोलीले घटनास्थललाई ‘सिल’ गरी निस्कृय बनाउन थालेको थियो।विभिन्न नाका र सडकहरुमा चेकजाँचलाई कडा पारिएको छ। प्रहरी प्रधान कार्यालयले उपत्यकाका सबै प्रहरी इकाइहरुलाई अलर्ट रहन निर्देशन दिएको जनाइएको छ ।