पठाओको सेवा नरोक्न सर्वोच्चको आदेश

काठमाडौं, १५  फागुन  सर्वोच्च अदालतले निजी व्यवसाय सञ्चालन गरिरहेको कम्पनी ‘पठाओ’ को सेवा रोक्न अस्वीकार गरेको छ ।मंगलबार सर्वोच्चका न्यायाीधशहरु केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजालसले पठाओविरुद्धको रिटमा अन्तरिम आदेश नहुने निर्णय गरेको हो ।

गैरकानुनी रुपमा सञ्चालन भएकाले उक्त सेवा रोक्न माग गर्दै श्यामकुमार श्रेष्ठले माघ २८ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

प्रारम्भिक चरणको बहस सुनेपछि मंगलबार सर्वोच्चले विपक्षी पठाओ तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसहितका नाउँमा कारण देखाउ आदेश समेत जारी गरेको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार