काठमाडौं, २० फाल्गुण — डा. बाबुराम भट्टराईले उत्साही मुडमा नयाँ शक्ति बनाउने घोषणा गरेका थिए, साढे तीन वर्षअघि । ९ असोज ०७२ मा उनी तत्कालीन एकीकृत नेकपा (माओवादी)लाई ‘भत्किएको घर’ वा ‘रातो स्टिकर टाँसिएको घर’ भन्दै बाहिरिए । र, त्यसको ८ महिनापछि ३० जेठ ०७३ मा समृद्धिको नारासहित आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी घोषणा गरे ।
नयाँ शक्ति घोषणाको तीन वर्ष हुन लाग्यो । वैकल्पिक आन्दोलन निर्माण गर्ने भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराई खटेको खट्यै छन् । तर, उनको शक्ति भेन घटेको घट्यै । धेरै पूर्व माओवादी सहायत्रीले एकएक गरी छाड्दै गएका छन् ।
राष्ट्रिय राजनीतिमा नयाँ शक्तिको तत्काल कुनै प्रभावकारी भूमिका देखिने छाँट छैन । उल्टो, गएकै साता रसुवाको प्रदेश सांसदसमेत नेपाली कांग्रेसले लुछ्न खोज्यो । बाबुराम भने अझै थाकेका गलेका देखिदैनन् । — नयाँ पत्रिका दैनिक