उत्कृष्ट भएर पनि विष्णु माझीको आफ्नै गीत किन चलेन ?

काठमाडौं– अब्बल सर्जक तथा कुशल गायक तथा मोडल सुन्दरमणी अधिकारीले निकै उत्कृष्ट सिर्जना सपना म्युजिकबाट सार्वजनिक गर्दै आएका छन । विष्णु माझी र प्राय आफ्नै आवाज रहने उनका गीत स्रोता दर्शकले अत्यधिक रुचाउदै आएका छन् । तर पछिल्लो समय सार्वजनिक भएको उत्कृष्ट एउटा गीत स्रोता दर्शकको नजरमा पर्न भने सकेन ।

दुई पटक सार्वजनिक गरिएको सो गीतले करिव एक महिनाको अबधिमा बल्ल बल्ल १ लाख पचास हजार भन्दा धेरै दर्शक बनाएको छ । यसो त गीतको हेर्नेको संङख्याको आधारमा गीत सफल र असफल भन्न त मिल्दैन तर विष्णु माझीको यो लेभलको गीतले धेरै दर्शक बनाउनु पर्ने हाे ।

अन्तरजातिय प्रेम सम्बन्धको कथालाई उत्कृष्ट रुपमा उठाइएको उनको पछिल्लो गीत नचल्नुमा केहिले विष्णुका गीत अत्यधिक आइरहनु एउटा कारण हुन सक्ने बताउछन् भने अर्को सालको पातको टपरि हुनी बोलको गीत पछि माझीका अन्य गीतहरु सोचे जति चल्न सकेका छैनन् तर लालुमै र अभाव भने दर्शक बनाउन सफल भएका छन् ।

माझीले आफ्नो चर्चा चुलिए सँगै पारिश्रमिक पनि एक लाख बनाएकी छन भने अब उनका गीत संख्यात्मक रुपमा केहि कमि आउने अड्कल जानकारहरुको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार