मजदुरका नाममा कम्पनी खोलेर पौन दुई अर्ब कर छली

काठमाडौं – ज्याला मजदुरी गर्ने व्यक्तिले नाममा कम्पनी खोलेर नक्कली बीजक बिक्री गरी २४ फर्मले झण्डै दुई अर्ब कर छली गरेका छन् । राजस्व अनुसन्धान विभागले ती फर्मका सञ्चालकविरुद्ध १ अर्ब ७५ करोड ४४ लाख बिगो असुलउपर गर्नु पर्ने मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

जयकिशोर साह र परमेश्वर साहसमेतले अनपढ मजदुरका नाममा व्यापारिक फर्म दर्ता गराई झुटा तथा नक्कली कर बीजक जारी गरेर मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

दाखिल गर्नुपर्ने भ्याट, थप दस्तुर र ब्याजसमेत गरी ६५ करोड ४४ लाख, दाखिल गर्नुपर्ने आयकर, थप दस्तुर र ब्याजसमेत गरी १ अर्ब ९ करोड राजस्व चुहावट भएको विभागको दाबी छ । बिगो र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम बिगोका दोब्बरसम्म जरिवानासमेत ३ वर्षसम्म कैद सजायको मागदाबी पनि विभागले प्रतिवादीविरुद्ध गरेको छ ।- नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार