अर्घाखाँची छत्रदेवमा राशिप स्मृति प्रतिष्ठानको उद्घधाट्नमा उर्लियाे कांग्रेकाे जनलहर

नेकपाका वडा सदस्य सहित सयौं नेता तथा कार्यकर्ताहरु कांग्रेस प्रवेश

अर्घाखाँची, २९ फागुन — नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रभावशाली युवा नेता केन्द्रीय सदस्य गगन थापा छत्रदेव  गाउँपालिकामा रहेको राशिप (स्व.राममणी ज्ञवाली, शिवलाल पाेख्रेल र पदमलोचन श्रेष्ठ स्मृति प्रतिष्ठानको उद्घधाट्न सम्काेपन्न भएकाे छ ।  छत्रदेव गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टि परित्याग गरि  एमालेबाट निर्वाचित छत्रदेव गाउँपालिका १ का वडा सदस्य जलिल मिया सहित  ११७ जना नेता र कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्  ।

नवप्रवेशिहरूलाई काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल, युवानेता गगन थापा, केन्द्रीय सदस्य मानबहादुर विक, दिपक गिरि, पुष्पा भुसाल, पार्टी सभापति विष्णु मुस्कान, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पाेख्रेलले खादा, फुल, माला, टीका र पार्टी साधारण सदस्यता वितरण गरि प्रवेश गराएका छन् ।

काँग्रेसका नेता पाैडेलले पछिल्लो समय कम्युनिस्टकाे कार्यशैलीबाट जनता निराशा भएकाे बताए । उनले कम्युनिस्ट पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गर्नेकाे संख्या बढेको बताए । काँग्रेसले जनताकाे भावना बुझेर विकास निर्माणका काम गर्छ, कम्युनिस्ट अफ्नाे स्वार्थकाे पछाडि लाग्ने बताए ।

नेपाली काँग्रेसकाे संगठन मजवुत बनाउँनका लागि काँग्रेसमा प्रवेश गराउँनका लागि अभियान नै चलाउनुपर्छ, काँग्रेसले अब नेपाली काँग्रेसकाे सदस्यता वितरण गर्ने बनाईएकाे छ। काँग्रेसकाे सिद्वान्त, आदर्श, इतिहासले गर्दा काँग्रेसलाई सबै जनतालाे पत्याउँछन्, कम्युनिस्टकाे सिद्वान्तकाे टुंगो छैन् ।

केपि ओलि र प्रचण्ड दुई जनाकाे पार्टि हाे, उनीहरूकाे सिद्वान्त के हाे, थाहा छैन । तर काँग्रेस २००७ सालदेखि नै एउटै सिद्वान्तमा हिडेकाे छ । दलित, महिला, अशक्त लगाएत सबैले न्याय पाउँनुपर्छ, काँग्रेस साेहि समाजवादकाे सिद्वान्तमा हिडेकाे छ । २०४६ सालभन्दा अगाडि गाउँमा केही विकास भएकाे थिएन, बाटाे, बिजुली, पानि, शिक्षा, स्वास्थ्य बहुदल आएपछि काँग्रेसले नै विकास गरेकाे बताए ।

देशमा विकास गर्नका लागि कम्युनिस्ट सरकारलाई भन्दा काँग्रेसलाई विदेशि मुलुकले पत्याउछन् । काँग्रेसकाे बाटाेमा लाग्नुस कसैकाे बाटाेमा नलाग्नुस, कार्यकर्ताले नेताकाे र नेताले कार्यकर्ताकाे मुल्यांकन गर्नुपर्छ ।

काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले एमाले सँग नमिलेको भए प्रचण्डले चितवनमा निर्वाचन जित्न नसक्ने र केपि शर्मा वलि नेपालको प्रधानमन्त्री बन्न नसक्ने बताएका छन् । प्रधानमन्त्री र निर्वाचन जित्नका लागी कम्युनिस्ट विच लोभ र डरले एकता भएको हो, काँग्रेससँग डराएर एकता गरेका हुन्, उनले भने ।

माओवादी द्धन्द्धकालमा हत्या गरिएका राममणि ज्ञवाली, शिवलाल पोख्रेल र पदमचन श्रेष्ठको नाममा निमार्ण गरिएको राशिप भवनको उद्धघाटन कार्यक्रममा मन्तव्य राख्दै उनले भने, सहिदहरुप्रति हार्दिक सम्मान छ । उहाँहरुको वलिदानलाई पाठ सिकेर काँग्रेस अगाडी बढ्नेछ ।

सिके राउतसँग सरकारले गरेको निर्णय अहङकारकै कारण आएको बताए । कम्युनिस्ट पार्टीले जनताको पक्षमा काम नगरेको उनले बताए । काँग्रेस आफु हारेर भएपनि, नेपाललाई हार्न दिएन, सत्ताको पछि लागेन, तर कम्युनिस्ट सत्ताको पछि लागे, विकासका काम केही गरेनन् । आर्थिक क्रान्तिमा भन्दा पनि भ्रष्टाचारमा लिप्त भएको उनले बताए ।

वर्तमान सरकार उद्योगधन्दा खोल्ने र कलकारखाना खोलेर आर्थिक क्रान्ति गर्ने पक्षमा नभएको बताए । देशलाई विकास र निकासका लागि भन्दा पनि पद र कुर्सीका लागि ओली र प्रचण्डबीच एकता भएको बताउँदै थापाले प्रधानमन्त्रीमा जिम्मेवारीबोध नभएको बताए । त्यस्तै निर्मला पन्तका हत्यारालाई कारबाही गर्न सरकार गम्भीर नरहेको पनि थापाले बताए । पटक–पटक भ्रष्टाचार गर्दिनँ भनेर प्रधानमन्त्रीले भने पनि वाइडबडी र बुढीगण्डकीको बारेमा सरकार चुप रहेको थापाले आरोप लगाए ।

नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफलेले कम्युनिष्टहरु सवै लुटेरा हुन, उनीहरुलाई निर्मुल पार्न सवै मिल्नुपर्छ । कम्युनिष्टलाई सवै मिलेर ठेगान लगाउँनुपर्छ । महिलाहरु सुरक्षित छैनन्, बलात्कार बढेको छ, यो सरकार कहाँबाट चलेको छ, उनले प्रश्न गरे । सरकारले एनसेल काण्ड, सुन काण्ड लगाएत काण्डै काण्ड मात्रै ल्यायो, काम केही गरेन आरोप लगाए ।

नेपाल तरुण दलका महासचिव भुप्रेन्द्र जंग शाहीले गृहमन्त्री रामबहादुर थापा वादललाई कुर्सीवाट तान्ने दिन आउँने बताएका छन् । तरुण दल जागेमा कुर्सीबाट तान्छौँ, सरकार मंहगी र भ्रष्ट्रचार बढेको आरोप लगाए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मान बहादुर विक,  पुस्पा भुसाल, दिपक गिरि, पुर्व केन्द्रीय सदस्य रेवति प्रसाद भुसाल,  डा. रामबहादुर बिसी, नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिस्नु प्रसाद खनाल (मुस्कान),  शहिद पुत्रि तथा महिलास‌ंघकि केन्द्रीय सदस्य अनिता ज्ञावाली, शहिद पुत्रहरु द्घारीका श्रेष्ठ, सुरेश पाेख्रेल लगाएतले बाेलेका थिए । कार्यक्रम राशिप स्मृति प्रतिष्ठानका सभापति थानेस्वर पाेखरेलको अध्यक्षतामा र नेपाली काङ्ग्रेसका जिल्ला सचिव बिस्नु भुसालकाे  सन्चालनमा तथा छत्रदेव  गाउँपालिकाका अध्यक्ष लेखनाथ पाेख्रेलकाे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियाे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार