१४ वर्षीय बालकले राखे विश्व कीर्तिमान, १ मिनेटमै ११३ जनासँग अंकमाल

काठमाडौं – राजधानीको धर्मस्थलीका १४ वर्षीय समित तिमिल्सिनाले एक मिनेटमा ११३ जनालाई अंकमाल गरेर गिनिज अफ वल्र्डको रेकर्ड ब्रेक गरेका छन् । यो भन्दा अगाडि एक मिनेटमा ८६ जनालाई अंकमाल (हग) गरेर अमेरिकी नागरिक जसन राइटरले गिनिज अफ वल्र्ड रेकर्ड बनाएका थिए । तर समितले एक मिनेटमा ११३ जनालाई अंकमाल गरेका छन् । यो अंकमाल उनले आफ्नै विद्यालयमा पढिरहेका विद्यार्थीहरुसँग गरेका हुन् ।

ती विधार्थीको दैनिक कार्य भनेकै दिनमा केही समय समितसँग अंकमाल गरेर बनाउनु पर्ने रुटिन नै थियो । लामो अभ्यासपछि साथीहरुको सहयोगमा बल्ल समितले यो कार्य पूरा गरेका छन् ।

समितले अध्ययन गर्दै आएको तारकेश्वर ६ धर्मस्थली काठमाडौंमा रहेको गुरुकुल विद्यालयले आइतबार विहान स्कुल प्रांगनमा समितको गिनिज अफ वल्र्ड रेकर्डका लागि अंकमाल गर्ने कार्यक्रम राखेको थियो । सोही कार्यक्रममा उनले एक मिनेटभित्र ११३ जनालाई अंकमाल गनै भ्याए । ११३ जनामा एक÷दुई जनाको अंकमाल केही कमजोर देखिए पनि बाँकी सबै अँंमाल उपयुक्त देखिएको सो कार्यक्रमको निर्णायक मण्डलले जनाएको छ ।

समितका बाबु सरोज तिमिल्सिनाले गिनिज अफ वल्र्ड रकेर्डका लागि सबै प्रक्रिया पूरा गरेर अंकमाल कार्यक्रम राखिएको र अव वल्र्ड रेकर्डका लागि यो भिडियो आफूहरुले चाँडै गिनिज अफ वल्र्ड रेकर्डको कार्यालय पठाउने बताए । छोराले एक मिनेटमा ११३ जनालाई अंकमाल गरेर यसअघिको रेकर्ड तोडेकोमा उनले खुसी व्यक्त गरे ।

गुरुकुल विद्यालयमा कक्षा ८ मा पढ्दै गरेका समितले करिब ६ महिनाको अभ्यासपछि एक मिनेटमा ११३ जनालाई अंकमाल गरेर जसनको रेकर्ड तोड्न सकेको बताए ।

आफ्नो ठुलोबुबा रोहित तिमिल्सनाले लामो समय हात मिलाउने, लामो समय चुम्बन गर्ने र हत्केलामा टेनिसबल सबैभन्दा बढी अढ्याउने जस्तो तीन ओटा वल्र्ड रेकर्ड राखेकाले आफूले पनि यो कार्य गरेको समितले बताए । आफूले यसपछि अरु पनि केही थप गिनिज अफ वल्र्ड रेकर्ड बनाउने तयारी गरिरहेको पनि यी किशोर समितले बताए ।

काठमाडौं क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सांसद भीमसेनदास श्रेष्ठले सानो उमेरमै समितले प्रशंसनीय कार्य गरेको बताए । गिनिज अफ वल्र्ड रेकर्डबाट प्रमाणपत्र प्राप्त भएपछि समितले नेपाललाई अर्को नयाँ वल्र्ड रेकर्डबाट चिनाउने पनि सांसद प्रधानले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार