ललितपुरमा अब निजी विद्यालय खोल्न नपाइने

ललितपुर, ५ चैत्र – ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र यस वर्ष नयाँ निजी विद्यालय खोल्न अनुमति नदिने भएको छ । कम दूरीमा नै धेरै निजी विद्यालय भएकाले त्यसलाई व्यवस्थित गर्नका लागि नयाँ शैक्षिक सत्रमा पनि थप विद्यालयलाई अनुमति नदिइने महानगरपालिकाले जनाएको छ ।

महानगर क्षेत्रभित्र १८२ निजी र ४० संस्थागत गरी कुल २२२ विद्यालय छन् । नक्साङ्कनको अभावमा कम दूरीमा नै धेरै विद्यालय रहेका छन् ।त्यसमध्य विद्यार्थी सङ्ख्या कम भएका विद्यालयको व्यवस्थापनका लागि महानगरपालिकाले जोड दिएको छ ।

तीन चार वर्ष पहिलेसम्म निजी विद्यालय बढिरहँदा पनि सामुदायिक विद्यालय समायोजनमार्फत कम भएको महानगरपालिकाले जनाएको छ । त्यसयता भने सामुदायिक विद्यालयको समायोजन हुन नसकेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार