संघीयता र गणतन्त्रबारे पनि जनमत संग्रह गर्न तयार छौं- महामन्त्री कोइराला

काठमाडौं, ७ चैत  – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मसँगै संघीयता र गणतन्त्रबारे समेत जनमत संग्रह गर्न आफ्नो पार्टी तयार रेहेको बताएका छन् ।

हिन्दु धर्मको वकालत गर्दै आएका कोइरालाले लामो समयदेखि धर्मबारे जनमत संग्रह गर्नुपर्ने माग गर्दै आएका छन् । बुधबार टोखास्थित  आफ्नै निवासमा आयोजित कार्यक्रममा कोइरालाले भने, ‘धर्म निरपेक्षता मात्रै होइन, संघीयता र गणतन्त्रबारे जनमत संग्रह गरेर जनताको इच्छा बुझ्न आवश्यक छ । धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रका लागि जनमत लिनुपर्छ ।’ कोइरालाले धर्म निरपेक्ष वा सापेक्ष हुन नसक्ने बताए ।

धर्मिक स्वतन्त्रता वा धर्मबारे जनमत संग्रह गर्ने गर्ने विकल्प रहेको भन्दै जनमत गर्दा पार्टीले हस्तक्षेप गर्न नहुने बताए । संघीयता र गणतन्त्रबारे पनि जनमत संग्रह गर्नुपर्ने माग आउँला, कांग्रेस तयार छ भन्ने प्रश्नमा महामन्त्री कोइरालाले भने, ‘तयार छ । किन तयार नहुनु ?’ जनमत संग्रहकै लागि तयार हो भन्ने प्रश्नमा उनले भने, ‘गर्न तयार छ । तयार हुनुपर्छ ।’

कोइरालाले धर्म निरपेक्षका विषयमा जनमत संहग्र गनुपर्ने संग्रह गर्नुपर्ने धारणा यसअघि पनि व्यक्त गर्दै आएका थिए । संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्नुपर्ने अभिव्यक्ति भने उनले पहिलोपटक सार्वजनिक गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार