क्यानडा — नेपाली जन-सम्पर्क समिति क्यानडाले पुर्व प्रधानमन्त्री तथा नेपाली काङ्रेसका पुर्व सभापति श्री गिरिजा प्रसाद कोईरालाको नबौ स्मृति दिवसको उपलक्ष्यमा क्यानडाको ब्राम्टन शहरमा एक कार्यक्रमको बिच दीप प्रज्वलन गरि मनायो।
उक्त कार्यक्रममा समितिका पदाधिकरी लगायत एन आर एन क्यानडाका उप-सभापति श्री राज महत, एन आर एन क्यानडाका सल्लाहकार श्री प्रकाश ज्ञवाली लगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा समितिका महामन्त्री श्री बिद्याभूषण कार्कीले नेपालको शान्ति तथा द्वन्द व्यबस्थानपनमा स्वर्गीय कोईरालाले पुर्याउनु भएको अतुलनीय योगदानको चर्चा गर्दै उहाँको जीवनीको बारेमा संक्षिप्त्त रुपमा प्रकाश पार्नु भएको थियो।
स्वर्गीय कोइरालालाई सम्झिदै १ मिनेट मौन धारणा गरेर शुरु गरिएको सो दीप प्रज्वलन कार्यक्रममा उपस्थिति सबैलाई समितिका सभापति श्री रामबाबु थापाले धन्यवाद ज्ञापन गर्नु भएको जानकारी महामन्त्री कार्कीले दिनु भयो।