काठमाडौं, १८ चैत – राष्ट्रपति र प्रधानमन्त्रीको मानमर्दनहुने गरी अत्यन्तअमर्यादित, अशोभनीय खालका तस्विर सामाजिक संजालमा पोष्ट् गर्ने कार्यमा संलग्न२ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पाल्पा परान्दी गाउँपालिका-७ का २२ वर्षीय निर्मल गैरे र रुपन्देही साबिक शंकरनगर गाबिस-८ का २३ वर्षीय यमप्रसाद पन्थी रहेका छन् ।
गैरेलाईचैत १२ गते भक्तपुर नयाँठिमीबाट र पन्थीलाई चैत १३ गते चितवनबाट सो ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । दुवै जनालाई विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको मुद्दामा आवश्यक अनुसन्धानकार्य भइरहेको सो ब्यूरोले जनाएको छ ।