किंग्स ईलेभन पन्जाबद्वारा दिल्ली १४ रनले पराजित

काठमाडौं, १९ चैत  – १२औं सिजनको ईण्डियन प्रीमियर लिग (आईपिएल) मा पञ्जाबका सेम कुरानले जबर्जस्त बलिङ गर्दा दिल्ली क्यापिटल्स १४ रनले पराजित भएको छ ।

सोमबार आईएस बिन्द्रा क्रिकेट मैदान मोहाली, चण्डिगडमा भएको खेलमा पन्जाबले दिल्ली माथी १४ रनको उत्कृष्ट जित निकालेको हो । किङ्ग्स–११ पन्जाबले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली क्यापिटल्स १९ दशमलव २ बलमा सबै विकेट गुमाउँदै १ सय ५२ रनमा समेटिएको थियो ।

दिल्लीका लागी रिषभ पन्तले सर्वाधिक ३९ रन जोड्दा कोलिन इङ्ग्रमले ३८ रन, शेखर धवनले ३० रन जोड्दा कप्तान स्रेयस ऐय्यरले २८ रन जोड्दा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन जोड्न नसक्दा दिल्लीले नराम्रो हार बेहोर्नु पर्यो ।

दिल्लीका ५ जना ब्याट्सम्यान शून्य रनमा आउट भएका थिए । बलिङतर्फ पन्जाबका सेम कुरानले उत्कृष्ट बलिङ गर्दै ४ विकेट चट्काउदा २ दशमलव २ ओभर ११ रन मात्रै खर्चिए । त्यस्तै कप्तान रबिचन्द्र आस्विन र मोहम्मद शामीले समान २–२ विकेट प्राप्त गर्दा भिल्जोलिनले एक विकेट प्राप्त गरेका थिए ।

यसअघि आफ्नो घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको किङ्ग्स इलाभेन पञ्जावले २० खेल्दै ९ विकेटको नोक्सानी १ सय ६६ रनको मध्यम स्तरको योगफल बनाएको थियो ।

किग्स इलाभेन पञ्जावका लागी डेबिट मिल्लरले ३० बलमा ४ चौका र २ छक्काको मद्दतले सर्वाधिक ४३ रन जोड्दा सर्फराज खानले ३९ रन, सन्दीप सिहले २९ रन, श्याम क्युरनले २० रन र केएल राहुलले १५ रनको योगदान दिएका थिए ।

बलिङतर्फ दिल्लीका कृस मोरिसले सर्वाधिक ३ विकेट चट्काउदा मोरिसले ४ ओभरको स्पेलमा ३० रन खर्चेर बन्जाबका महत्त्वपूर्ण ब्याट्सम्यान केएल राहुल, डेबिट मिल्लर र पन्जाबका कप्तान रबिचन्द्र आस्विनको विकेट चट्काएका थिए ।

त्यस्तै दिल्ली क्यापिटल्सबाट दोस्रो कैरियरको आईपिएल खेल खेलीरहेका नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानले पञ्जाबका २ विकेट लिएका थिए । लामिछानेले चार ओभर बलिङ गर्दै २७ रन खर्चेर शेम कुरान र सर्फराज खानको रूपमा २ महत्वपूर्ण विकेट चट्काए ।

सन्दीपले व्यक्तिगत पहिलो स्पेल दिएर टिमको चौथो ओभरमा बलिङका लागी आए । ओभरको पहिलो बलमा एक रन दिएका सन्दीपले दोस्रो बल डट राखे । तेस्रो बलमा २ रन खर्चिएका सन्दीपले चौथो बलमा भने छक्का खाएका थिए । पाँचौ बलमा सेम कुरानलाई एलबीडब्लू आउट गरे । कुरान १० बलमा २० रन बनाएर आउट भए । सन्दीपले पहिलो ओभरमा १० रन खर्चिएर समग्रमा एक विकेट लिए ।

सन्दीपले व्यक्तिगत दोस्रो ओभर लिएर टिमको सातौं ओभरमा आएका थिए । सुरुका दुई बलमा मायंक अग्रवालले रन लिन सकेनन् । तेस्रो बलमा एक रन लिँदै माइक अग्रवाल ननस्ट्राइक इनमा गएपछि क्रिजमा आएका सर्फराज खानले चौथो बलमा एक रन लिए । पाँचौं र छैटौं बलमा सन्दीपले एक एक रन खर्चिए । व्यक्तिगत दोस्रो ओभरमा सन्दीपले चार रन दिएका थिए ।

तेस्रो स्पेल लिएर सन्दीपले १२ औं ओभरमा बलिङ गरेका थिए । उक्त ओभरमा उनले ९ रन खर्च गरे । अन्तिम बलमा डेभिड मिलरले छक्का प्रहार गरे पछि समग्रमा तीन ओभरमा २३ रन खर्चिए । पहिलो ओभरमा एक विकेट लिएका सन्दीपले दोस्रो र तेस्रो ओभरमा भने विकेट लिन सकेनन् ।

चौथो ओभर लिएर सन्दीप १४ औं ओभरमा बलिङ गर्न आएका थिए । जसमा उनले पाँचौं बलमा सर्फराज खानको विकेट लिएका थिए । पाँचौ बलमा सन्दीपले सर्फराज खानलाई ऋषभ पन्तको हातबाट क्याच आउट गराएका थिए । साथै दिल्लीका कागिसो रबाडाले पनि २ विकेट प्राप्त गरे ।

खेलमा उत्कृष्ट बलिङ गरेका पन्जाबका श्येम कुरान प्लेयर अफ द म्याच घोषित भए । मंगलबार आईपिएलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर र राजिस्थान रोयल्सका बिच प्रतिस्पर्धा हुनेछ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार