डिएसपीहरूको बढुवा आन्तरिक प्रतिस्पर्धाबाट हुने,अरु पदको पदावली हद

काठमाडौं, २६ चैत – नेपाल प्रहरीको नायब उपरीक्षक ९डिएसपी० पदमा पहिलोपटक आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुने भएको छ । गृहले ल्याउन लागेको भर्ना, बढुवा तथा अवकाशका नयाँ प्रावधानसहितको ऐनलाई ‘नेपाल प्रहरी गठन तथा सेवाका सर्तसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ नाम दिइएको छ । पारित भएपछि यसले प्रहरी ऐन २०१२ लाई विस्थापित गर्नेछ ।

नयाँ ऐनमा आइजिपीको तीन तथा एआइजीको कार्यकाल चार वर्ष हुने प्रस्ताव गरिएको छ । त्यस्तै, डिआइजीको पाँच, एसएसपीको सात, एसपीको १० वर्ष कायम गरिएको छ । – नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार