मलद्वारमा लुकाएर ल्याउँदै गरेको साढे तीन किलो सुनसहित तीन जना पक्राउ

काठमाडौं, २९ चैत्र –  मलद्वारमा लुकाएर ल्याउँदै गरेको करिब साढे तीन किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।त्रिभुवन विमानस्थल प्रहरी र भन्सार कार्यालयको टोलीले तीन किलो ३ सय ग्राम सुनसहित उनीहरुलाई पक्राउ परेको हो ।

प्रहरीका अनुसार चीनको कुनिमङबाट चाइना इस्टर्न एयरलाइन्समार्फत बिहीबार अपरान्ह साढे ३ बजे काठमाडौं उत्रेका उनीहरुलाई विमानस्थल भन्सार र प्रहरीले शंका लागि चेकजाँच गर्दा सो परिमाणको सुन भेटिएको हो ।

शंका लागेपछि प्रहरी र भन्सारका अधिकारीहरूले केएमसी अस्पतालमा लगेर एक्सरे गराउँदा मलद्वारमा राखेको अवस्थामा सुन भेटिएको विमानस्थल सुरक्षा कार्यालयका निमित्त प्रमुख एसपी कृष्ण कोईरालाले जानकारी दिए ।

सुरक्षा गेटबाट बाहिरिँदा शरीरमा धातु भएको संकेत देखिएपछि अस्पतालको लगेर एक्सरेमा गर्दा पेटमा सुन रहेको पत्ता लागेको थियो । राजधानी दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार