लुक्लामा समिट एयरकाे विमान दुर्घटनामा, तिनजनाकाे मृत्यु

काठमाडौं, १ वैशाख — सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा दुर्घटनाहुन पुगेकाे छ । दुर्घटनाहुँदा तिनजनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा समिट एयरका कोपाइलट सुदीप ढुंगाना, पर्यटक प्रहरी असई रामबहादुर खड्का र असई रुद्रबहादुर श्रेष्ठ रहेका  छन् ।

लुक्लाबाट रामेछापका लागि बिहान ९ बजेर २० मिनेटमा उड्न लागेको समिट एयरको नाइन एनएएमएच विमान धावनमार्गमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रवक्ता प्रदीप सुवेदीका अनुसार लुक्लाबाट काठमाडौं जान लागेको जहाज हेलिकप्टरसँग ठोक्किएको थियो ।

श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन घाइते छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर छ ।

दुर्घटनामा समिट एयरकी एयर होस्टेस आर. लामा र ४ यात्रुको अवस्था सकुशल रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए ।

प्रजिअ रानाका अनुसार आइतबार बिहान समिट एयरको हवाई जहाज उड्ने क्रममा पार्किङ गरेर राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो । ‘हवाईजहाज चिप्लिएर अनियन्त्रित भइ हेलीप्याडसम्म पुगेर ठोक्किएको प्रारम्भिक रिपोर्ट आएको छ,’।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार