सिटी एक्सप्रेस मनी ट्रान्सफर यूकेकाे उद्घाट्न राजदूत डा. दुर्गा सुवेदी बाट सम्पन्न

काठमाडौँ, ९ बैशाख – सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.के.को औपचारिक उद्घाट्न समारोह सम्पन्न भएको छ। गत बैशाख ८ गतेका दिन रेरिङ स्थित कार्यालयमा सिटी एक्सप्रेस औपचारिक रुपमा उद्घाट्न भएको हो। उक्त कार्यक्रममा यु.के. का लागी नेपालका राजदूत डा. दुर्गा बहादुर सुवेदी प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए।

साथै एनआरएन यू.के. का अध्यक्ष योग कुमार फगामी, रेडिङ नेपाल समाजका अध्यक्ष टेक बहादुर गुरुङ, सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका प्रबन्ध निर्देशक चन्द्र टण्डन, सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका उपाध्यक्ष डोल राज शर्मा, सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत महेश कुमार श्रेष्ठ र सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.के. लिमिटेड का प्रबन्ध निर्देशक करम बहादुर गुरुङ्गले संयुक्त रुपमा उद्घाट्न गरेका थिए।

सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.के.ले आफ्नो सेवा मोवाइल एप्लिकेशन र अनलाईन बाहेक यू.के‍ भर आफ्ना प्रतिनिधि मार्फत पनि दिने योजना बताएको छ साथै छिट्टै नै यू.के बाट नेपालमा मात्रै सिमित नभई विश्वभर बिप्रेषण सेवा दिने योजना रहेकाे सार्वजनिक गरेको छ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १२ बर्ष देखि विश्वका विभिन्न मुलुक बाट रेमिटान्स भित्र्याउदै नेपालमा रहेका ७००० भन्दा बढि सव एजेन्टहरु मार्फत रकम भुक्तानी गर्दै आइरहेको जनाएकाे छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार