काठमाडौं, ११ बैशाख — काठमाडौंमा बुधबार आज बिहानै दुई पटक भुकम्मको झड्का महशुस भएको छ । धादिङ जिल्लाको नौबिसे केन्द्रबिन्दु भएर आज बिहान ५ दशमलपव २ रेक्टर स्केलको परकम्प गएको छ । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ ।
भुकम्मको झड्का आएसँगै उपत्यकाबासी घर छाडेर बाहिरिएका थिए ।
२०७२ सालमा गोरखा केन्द्र र सिन्धुपाल्चोक केन्द विन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय महाविनासकारी भुकम्प गएको भोली बैशाख १२ गते चार बर्ष पुग्दैछ । तर भूकम्प मापन केन्द्रले भने यो दुबै पराकम्प नै भएको बताएको छ ।