डडेलधुरा, ११ वैशाख — डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ साहुखर्कमा यात्रु बस दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । ना ६ ख १८३१ नम्बरको बस बुधबार बिहान पौने ५ बजेतिर दुर्घटना हुँदा ३ पुरुष र दुई महिलाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताएकाछन् ।
धनगढीबाट बझाङ जाँदै गरेको बस सडकबाट करिब १ सय मिटर तल खसेको छ । दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई उपचार गर्न उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएको छ ।