जिउँदै जलाइएकी कन्चनको उपचारको क्रममा मृत्यु

काठमाडौँ, १४ वैशाख – जिउँदै जलाइएकी सिरहा कल्याणपुर नगरपालिका वडा नम्बर ८ की कन्चन मण्डलको निधन भएको छ । २१ वर्षीया कञ्चनको कीर्तिपुरस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल उपचारको क्रममा शुक्रबार अपरान्ह निधन भएको हो ।

अस्पतालले उनको शरीर ७५ प्रतिशत जलेको र उपचारमा सवै उपाय अवलम्बन गर्दा पनि बनाउन नसकिएको जनाएको छ । शरीरको ७५ प्रतिशत भाग जलिसकेको मण्डललाई स्थानीयहरुले उद्धारगरी मिर्चैयास्थित मंगलम हेल्थ केयर सेन्टरमा भर्ना गराएका थिए । त्यहाँबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याइएकी मण्डललाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

कल्याणपुर नगरपालिका ८ अरङको मण्डल टोलमा आफ्नै घरको आँगनमा जल्दै गरेको अवस्थामा कञ्चन मण्डललाई देखेपछि स्थानीयले उद्धार गरेका थिए । कञ्चनको हत्या गरिएको हो की उनी आफैले आत्महत्या गरेको हो एकिन हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले घटनाको विषयमा अझै अनुसन्धान हुन बाँकी रहेको बताउनुभएको छ । जलेर घाइते भएकी कञ्चनले मर्नु अघि आफूलाई श्रीमान् र सासु मिलेर आगो लागाएको बताएको प्रहरीको भनाई छ ।

कञ्चनकी वृद्ध सासु सुरजीदेवी मण्डल र दुई वर्षीया छोरी राधासँग घरमा बस्दै आएकी थिइन । तर स्थानीयले भने मृतक कञ्चनको श्रीमान् बेचु मण्डल करिव तीन महिना अघि नै रोजगारीको लागि भारतको अहमदाबाद गएको जनाएका छन् । प्रहरीले घटना सम्वेदनशील भएकोले हत्या वा आत्महत्या के हो थप अनुसन्धान पछिमात्र बताउन सकिने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार