आज राष्ट्रपति विद्या देवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै


काठमाडौं, २० वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्मा प्रस्तुत गर्दैछिन् । संघीय संसद्को दिउँसो ४ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ।

झण्डै दुई तिहाई नेतृत्वको सरकारको दोस्रो नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेको हो । चालु आर्थिक वर्षमा मुलुकभित्र रोजगारी बढाउने र कानुन निर्माणको वर्ष बनाउने भनेर सरकारले गत वर्षको नीति तथा कार्यक्रममा जोड दिएको थियो।

सरकारले आर्थिक विकास, रोजगारी सिर्र्जना र सामाजिक सुरक्षाका कार्यक्रममा जोड दिने गरी नीति तथा कार्यक्रम तयार पारेको जनाएको छ । नीति तथा कार्यक्रम पारितपछि प्रिबजेट छलफल गर्ने तयारी भइरहेको संसद् सचिवालयले जनाएको छ । जेठ १५ मा सरकारले बजेट प्रस्तुत गर्नेछ। – अन्नपूर्ण दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार